Win Bajaj Pulsar 220 र BAJAJ Discover 125 Disc - Pathao Dashain Offer
Sep 12, 2022

Bajaj Pathao Dashain-Offer

पठाओ नेपालले महान् चाड बडा दशैँको पावन उपलक्ष्यमा आफ्नो अग्रभागमा रहेर खटिनु हुने राइडर, क्याप्टेन र फूडमेन साथीहरूका लागि "दशैँ महोत्सव २०७९" लिएर आएको छ । यस महोत्सव भाद्र २३ गतेदेखि आश्विन १२ गतेसम्म हुँदै छ र यस अवधिमा राइडर, क्याप्टेन र फूडमेन साथीहरूले तोकिएको मापदण्ड पूरा गरि पूर्ण रुपमा नियमहरूको पालना गरेर विभिन्न आकर्षक पुरस्कारहरू जित्न सक्नु हुनेछ । यस महोत्सवमा पठाओले तीन हप्तासम्म साप्ताहिक लक्की ड्र गर्दै छ जस अन्तर्गत मापदण्ड पूरा गरेका साथीहरूले टिभी तथा रेफ्रजिरेटर जित्न सक्नु हुनेछ । साथसाथै यस महोत्सवको मुख्य आकर्षणको रुपमा बम्पर लक्की ड्र हुँदै छ जसमा मापदण्ड पूरा गरेका साथीहरूले जित्न सक्नु हुनेछ BAJAJ Pulsar 220BAJAJ Discover 125 Disc ! यस सँगसँगै पठाओले नयाँ राइडरहरूका लागि निःशुल्क दर्ता, साप्ताहिक Quest जित्ने अवसर र राइडर, क्याप्टेन र फूडमेनहरूका लागि सामाजिक सञ्जालहरूमा Comment गरि उपहारहरू जित्ने अवसरहरू पनि दिँदै छ । दशैँ महोत्सव २०७९ को अधिक जानकारीका लागि यस लिङ्कमा जानुहोस्|

SOURCE: Pathao Nepal